इरानसँगको युद्ध देखाउँदै ट्रम्पले गरे चीन भ्रमण स्थगित

विज्ञापन
ncell

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मार्च अन्त्यतिर हुने तय भएको भ्रमण करिब एक महिनाका लागि स्थगित गर्न अनुरोध गरिएको बताएका छन् । युद्धका कारण आफू देशमै रहन आवश्यक भएको उनको भनाइ छ ।

ठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका कारण आफ्नो चीन भ्रमण सार्ने योजना बनाएका छन् ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मार्च अन्त्यतिर हुने तय भएको भ्रमण करिब एक महिनाका लागि स्थगित गर्न अनुरोध गरिएको बताएका छन् । युद्धका कारण आफू देशमै रहन आवश्यक भएको उनको भनाइ छ ।

ट्रम्प र शी चिनफिङ बीचको भेट ३१ मार्चदेखि २ अप्रिलसम्मका लागि तय गरिएको थियो । यी दुई नेताबीच पछिल्लो प्रत्यक्ष भेट गत वर्ष अक्टोबरमा भएको थियो ।

इरानसँगको युद्धले ट्रम्पको विदेश नीतिका अन्य प्राथमिकतालाई पछाडि धकेलेको बताइएको छ । साथै द्वन्द्व चर्किँदै जाँदा विश्वव्यापी रूपमा तेल आपूर्तिमा असर परेको र अमेरिकामा इन्धन मूल्य बढ्ने जोखिम पनि देखिएको छ ।