पीपीए गरेका सबै आयोजनालाई सात दिनभित्र प्रगति विवरण बुझाउन प्राधिकरणको निर्देशन

विज्ञापन
ncell

निर्धारित समयभित्र विवरण नबुझाउने वा ढिलाइ गर्ने आयोजनामाथि पीपीए सम्झौताअनुसार कानुनी तथा प्रशासनिक कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरी निर्माणाधीन अवस्थामा रहेका सबै जलविद्युत् तथा सौर्य आयोजनाका प्रवर्द्धकलाई सात दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । निर्धारित समयभित्र विवरण नबुझाउने वा ढिलाइ गर्ने आयोजनामाथि पीपीए सम्झौताअनुसार कानुनी तथा प्रशासनिक कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

प्राधिकरणको व्यवसाय विकास निर्देशनालयअन्तर्गतको विद्युत् व्यापार विभागले शनिबार सूचना जारी गर्दै सम्झौताअनुसार नियमित रूपमा बुझाउनुपर्ने चौमासिक प्रगति प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह गरेको हो । निर्माणाधीन आयोजनाको वास्तविक अवस्था, प्रगति र कार्यान्वयनको स्थिति स्पष्ट रूपमा बुझ्न तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको प्राधिकरणले जनाएको छ ।

पछिल्ला वर्षहरूमा पीपीए सम्पन्न भए पनि कतिपय आयोजना निर्धारित समयमै निर्माण सम्पन्न हुन नसक्ने, प्रगति सुस्त रहने तथा अनुगमनमा कठिनाइ हुने अवस्था देखिएपछि रिपोर्टिङ प्रणालीलाई थप कडाइ गरिएको प्राधिकरणको भनाइ छ ।