प्रधानमन्त्री शाहद्वारा व्यवसायीसँग निरन्तर भेटघाट, आज नेपाल तयारी पोशाक उद्योग संघसँग छलफल

विज्ञापन
ncell

छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुने बताइएको छ ।

काठमाडौं । सरकारको १०० दिन पुगेपछि निजी क्षेत्रका प्रतिनिधिसँग भेटघाटमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज मंगलबार नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग भेट्दैछन् ।

दिउँसो ११ः३० बजे हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झालगायत सहभागी हुँदै छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुने बताइएको छ ।