साउदीबाट टिक्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
आईएमइले पुस २१ देखि चैत १७ सम्म यो योजना सञ्चालनमा ल्याएको थियो । योजनाअन्तर्गत ५ जनाले १० हजार रुपैयाँ नगद पुरस्कार समेत हात पारेका थिए । योजना अवधिभर ७५ जना विजेताहरुले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं । साउदीबाट डिजिटल वालेट टिक्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजनाअन्तर्गत कालाखेतीले ईभी जितेका हुन् ।
आईएमईले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको हो । यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जनाले आइफोन १७ जितेका हुन् । विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष ढकालले कागजबाट शुरु गर्न लागिएको रेमिट्यान्स सेवा हाल डिजिटल युगमा प्रवेश गरेको बताए । उनले साउदी अरबमा काम गर्ने नेपालीहरुले टिक्मोबाट आईएमईमा पैसा पठाउन आग्रह गरे ।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले गर्ने प्रमोसन क्याम्पेनहरु मार्केटिङको लागि मात्रै नभई सेवाग्राहीको व्यक्तिगत वा परिवारको हितमा हुने गरी ल्याउने गरेको बताए । उनले कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरु संचालनमा ल्याउने जानकारी दिए ।
आईएमइले पुस २१ देखि चैत १७ सम्म यो योजना सञ्चालनमा ल्याएको थियो । योजनाअन्तर्गत ५ जनाले १० हजार रुपैयाँ नगद पुरस्कार समेत हात पारेका थिए । योजना अवधिभर ७५ जना विजेताहरुले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेताहरुको ‘डिजिटल लक्की ड्र’मार्फत छनोट गरिएको कम्पनीले जनाएको छ । आईएमईले मेगा पुरस्कारमा एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर र साप्ताहिक १२ जनालाई आइफोन १७ जित्ने योजना ल्याएको थियो । साथै आईएमईले ‘टिक्मो एण्ड वीन फाईभ टाईम्स मोर’ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म संचालनमा ल्याउन लागेका पनि जानकारी दिएको छ ।
