सुनचाँदीको मूल्य बिहीबार पनि बढ्यो, कति पुग्यो प्रतितोला भाउ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ थियो ।
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । यो साताको सुरुदेखि देखिएको मूल्य बृद्धिको क्रमलाई बिहीबार पनि निरन्तरता पाएको हो । बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँ थियो ।