सुनको मूल्य १ हजार ४ सयले बढ्दा चाँदी ३५ रुपैयाँले महँगियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ४ सयले बढेर २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ४ सयले बढेर २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ४ हजार ४४५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४हजार ४१० मा कारोबार भएको थियो ।
