४ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको ४ हजार ३ सयले घटेर २ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको ४ हजार ३ सयले घटेर २ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले घटेर ४ हजार ३१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ४४५ मा कारोबार भएको थियो ।
