सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६ प्रतिशतले बढ्यो,एनपीएल घटेर ७.६८ प्रतिशतमा

विज्ञापन
ncell

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (८ करोड ८ लाख) को तुलनामा ८६.१८ प्रतिशतको वृद्धि हो । 

बैंकको खुद ब्याज आम्दानी २३ करोड ३४ लाख रुपैयाँ सीमित भएको छ । अघिल्लो वर्ष यहि अवधिमा बैंकको ब्याज आम्दानी २३ करोड ४५ लाख रुपैयाँ थियो । त्यस्तै, बैंकको सञ्चालन नाफा बढेर २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा आएको छ। पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढाएर ११.२९ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ। यस्तो नाफा ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ । 

बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष बढेर ४४ करोड ८० लाख १० हजार ८४७ रुपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ। कर्जा ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँबाट वृद्धि भई ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १८.०४ रुपैयाँ पुगेको छ । एनपीएल ७.६८ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल १०.६५ प्रतिशत थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ ८६।७१ रुपैयाँ छ ।