यो साता सुनको मूल्य बढ्यो कि घट्यो?

विज्ञापन
ncell

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ५ सयले घटेको छ । गत साताको शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य यो साताको शुक्रबार आईपुग्दा भने २ लाख ८५ हजारमा कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुनको मूल्य २ लाख ८५ हजार ५०० रुपैयाँ थियो । यसपछि, आइतबार सुनको मूल्य सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भयो । फेरि सोमबार सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुग्यो । तर, आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार भने एकै दिन ४ हजार ३०० रुपैयाँले र बुधबार बुधबार १ हजार रुपैयाँ गरी कुल ५ हजार ३०० रुपैयाँले घट्दै २ लाख ८३ हजार २०० रुपैयाँमा कायम भयो । 

दुई दिनमा ५ हजार ३०० सयले घटेको सुनको मूल्य बिहीबार भने फेरि ८०० रुपैयाँले बढ्दै २ लाख ८४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भयो । यसपछि यो साताको अन्तिम दिन अर्थात् शुक्रबार भने सुनको मूल्य फेरि १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजारमा कारोबार भएको छ । जुन गत साताको शुक्रबारको तुलनामा ५०० रुपैयाँले न्यून हो । 

यस्तै, यो साता चाँदीको मूल्य भने बढेको छ । साउन ८ गते शुक्रबार ४ हजार ३५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यो साताको शुक्रबार अर्थात् साउन १५ गते भने ४ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । अर्थात् यो एक सातामा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।