विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

विज्ञापन
ncell

पुर्जा स्थापना गरेको पर्वतारोहण संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिएको हो ।

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परि निधन भएको छ ।

पुर्जा स्थापना गरेको पर्वतारोहण संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिएको हो ।

ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए ।

यसअघि शुक्रबार चार जना पर्वतारोहीको शव फेला परेको जानकारी सार्वजनिक गरिएको थियो। त्यसपछि इलाइट एक्सपेडले निर्मल पुर्जाको पनि निधन भएको पुष्टि गरेको हो।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा साहस, गति र कीर्तिमानी आरोहणका लागि परिचित थिए । उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए ।