आज सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ४हजार २ सयले बढेर २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८३ हजार ८सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ४७५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ३८० मा कारोबार भएको थियो ।
