'जमजम प्युर्फ्युम'ले सिभिल मलमा खोल्यो २५औँ आउटलेट, एक सातासम्म विशेष छुट अफर
काठमाडौँ - लोकप्रिय सुगन्ध ब्रान्ड 'जमजम पर्फ्युम'ले नेपालको खुद्रा बजारमा अर्को नयाँ माइलस्टोन पार गर्दै आफ्नो २५औँ आउटलेट सञ्चालनमा ल्याएको छ। काठमाडौँको प्रख्यात व्यापारिक केन्द्र सिभिल मलको दोस्रो तलास्थित स्टोर नम्बर १०१ मा यो नयाँ आउटलेट स्थापना गरिएको हो ।
आउटलेटको औपचारिक उद्घाटन कार्यक्रम भोलि (शनिबार) हुँदैछ। उद्घाटन समारोहमा ब्रान्डका संस्थापक जमजम ब्रदर्सको विशेष आतिथ्य रहनेछ। कार्यक्रममा ब्रान्डप्रति चासो राख्ने सुगन्धप्रेमी तथा मिडियाकर्मीहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।
२५औँ आउटलेटको सुभारम्भसँगै ग्राहकहरूलाई लक्षित गर्दै ब्रान्डले एक सातासम्म 'जमजम अफर' घोषणा गरेको छ। यो विशेष योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न प्रिमियम तथा सिग्नेचर सुगन्धहरूमा आकर्षक छुट, उपहार र विशेष प्याकेजहरूको लाभ लिन सक्नेछन् ।
सिभिल मलमा यो नयाँ शाखा खुलेसँगै गुणस्तरीय र टिकाउ सुगन्ध खोज्ने ग्राहकहरूको लागि किनमेल गर्न अझ सहज हुने विश्वास लिइएको छ। नेपाली बजारमा बढ्दो माग र उपभोक्ताहरूको विश्वासलाई मध्यनजर गर्दै आफ्नो सेवा विस्तारलाई तीब्र पारिएको कम्पनीका प्रतिनिधिले बताए ।
