एनसेलको सेयर कारोबार ‘अवास्तविक, अपारदर्शी र शंकास्पद’, प्रतिवेदन सार्वजनिक
सन् २०१६ मा आजियाटाले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ३६ करोड अमेरिकी डलर तिरेको थियो । तर, सात वर्षपछि सोही सेयर जम्मा ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ५० करोड रुपैयाँ) मा बिक्री गरेको जनाएको थियो । प्रतिवेदनले यसलाई ‘आर्म्स लेन्थ प्रिन्सिपल’ विपरितको कारोबार भनेको छ ।
काठमाडौं । पछिल्लो समय भएको एनसेलको सेयर कारोबारले राज्य संयन्त्रमाथि ठूलो प्रश्नचिन्ह खडा गरेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । सरकारले सोमबार मात्रै सार्वजनिक गरेको एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदनले एनसेलेको सेयर खरिद विक्रीलाई अवास्तविक, अपारदर्शी र शंकास्पद भनेको छ ।
सरकारले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको समितिले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा दिएको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरेको छ । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीका सम्बन्धमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
२०२३ डिसेम्बर १ मा मलेसियाली कम्पनी आजियाटा बर्हाडले एनसेलको ८० प्रतिशत स्वामित्व सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको थियो । प्रतिवेदनले स्वामित्व परिवर्तनलाई केवल व्यापारिक निर्णय मात्र नभई नेपालको कानुनलाई चुनौती दिने र अर्बौँको राजस्व छल्ने उद्देश्यले प्रेरित रहेको निष्कर्ष निकालेको छ ।
सन् २०१६ मा आजियाटाले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्दा १ अर्ब ३६ करोड अमेरिकी डलर तिरेको थियो । तर, सात वर्षपछि सोही सेयर जम्मा ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ५० करोड रुपैयाँ) मा बिक्री गरेको जनाएको थियो । प्रतिवेदनले यसलाई ‘आर्म्स लेन्थ प्रिन्सिपल’ विपरितको कारोबार भनेको छ ।
‘विगतमा अर्बौँ डलरमा कारोबार भएको कम्पनीको मूल्य छोटो अवधिमा ९५ प्रतिशतभन्दा बढीले घट्नु अवास्तविक र शंकास्पद छ’ प्रतिवेदनमा उल्लेख छ । यसबाट सरकारलाई पूँजीगत लाभकरमा गम्भीर धक्का लागेको छ ।
यस्तो छ प्रतिवेदन