आज सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ किनबेच ?

विज्ञापन
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ४ हजार ६ सय रुपैयाँले घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।