आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

विज्ञापन
ncell

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य स्थिर रहंदै तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ७७० रुपैयाँमा कारोबार भएको थियो ।