बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

विज्ञापन
ncell

जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

काठमाडौं ।  नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गरेको छ । सोही अवसरमा कम्पनीले ‘द अल–न्यू प्रोटोन इ.मास ५’ विद्युतीय गाडीसमेत सार्वजनिक गरेको छ । नयाँ सोरुम सञ्चालनमा आएसँगै नेपालभर प्रोटोनका आधिकारिक सोरुम तथा आउटलेटको संख्या ११ पुगेको छ ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा इ.मास ५ प्रस्तुत गरिएको हो । कम्पनीका अनुसार यो गाडी सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज, स्मार्ट र आधुनिक बनाउने उद्देश्यले विकास गरिएको हो ।

प्रोटोनले नेपालमा आफ्नो बजार विस्तारलाई निरन्तरता दिँदै पूर्वी नेपालको बिर्तामोडमा दशैँअघि नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ । बिर्तामोडको सोरुम सञ्चालनमा आएपछि नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुग्ने कम्पनीले जनाएको छ ।

हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘अलियान्ज डिएसएफ भेहिकल अफ द इयर अवार्डस् २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि जित्न सफल इ.मास ५ लाई अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र इन्टेलिजेन्ट डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको छ ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो लगायतका आधुनिक सुविधा उपलब्ध छन् । त्यस्तै, ७० लिटर क्षमताको अगाडिको फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन्। यी सुविधाले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको सफल साझेदारीलाई निरन्तरता दिँदै बीरगञ्जका ग्राहकहरूमाझ इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित रहेको बताए । उनले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनका कारण इ.मास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै बीरगञ्जसम्म आइपुगेको उनले बताए । नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ ग्राहकहरूमाझ पुर्‍याउँदै विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा स्थापित गर्ने अभियानलाई थप विस्तार गरिएको उनको भनाइ थियो ।

उनका अनुसार इ.मास ५ प्रति नेपाली ग्राहकले देखाएको उत्साह, प्राप्त भएका बुकिङ तथा प्रोटोन ब्रान्डप्रति व्यक्त गरिएको विश्वासप्रति कम्पनी आभारी छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै उत्कृष्ट उत्पादन, सेवा र अनुभव प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । बीरगञ्जमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

इच्छुक ग्राहकले बीरगञ्ज बाइपास रोडस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर इ.मास ५ तथा इ.मास ७ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । सोरुममा ग्राहकले गाडीका आधुनिक प्रविधि, स्मार्ट सुविधा, डिजाइन तथा ड्राइभिङ अनुभवबारे विस्तृत जानकारीसमेत लिन सक्नेछन् ।

नेपालभर प्रोटोनको उपस्थिति विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने अभियानअन्तर्गत बीरगञ्जमा नयाँ सोरुमको शुभारम्भलाई कम्पनीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । आगामी दिनमा बिर्तामोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएर नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ ।