यति एयरलाइन्सले चार दिनसम्म सस्तो दरका टिकट मात्रै बिक्री गर्ने

विज्ञापन
ncell

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले महँगो भाडादर हटाएर सस्तो टिकटदरमा मात्रै टिकट बिक्री गर्ने व्यवस्था गरेको हो ।

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि यात्रुलाई राहत दिने उद्देश्यले यति एयरलाइन्सले चार दिनसम्म सस्तो दरका टिकट मात्रै बिक्री गर्ने भएको छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले महँगो भाडादर हटाएर सस्तो टिकटदरमा मात्रै टिकट बिक्री गर्ने व्यवस्था गरेको हो ।

उनका अनुसार सस्तो टिकट उपलब्ध गराएर यात्रुको यात्रालाई सहज बनाउने प्रयास गरिएको छ । चार दिनका लागि लागू गरिएको यो सुविधा आवश्यकताका आधारमा थप गर्न सकिने पनि उनले बताए ।

यस्तै, डिजिटल माध्यमबाट टिकट खरिद गर्ने यात्रुलाई प्रत्येक टिकटमा थप तीन सय रुपैयाँसम्म छुट दिइरहेको पनि बर्तौलाले जानकारी दिए ।