सेयर बजार ४ अंक बढेर २५९५.८१ विन्दुमा, कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । सोमबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) ४ अंक बढेर २५९५.८१ विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक बढेको छ ।
नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४६ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, स्नो रिभर्सको सेयरमूल्य करिब १४ प्रतिशत बढेको छ । कारोबारमा आएको रिज लाइन इनर्जीको सेयरमूल्य आज सर्वाधिक ६.२९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २५ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको करिब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग उपसमूहको परिसूचक १।०१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।
सोमबार कारोबारमा आएका मध्य १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ त्यस्तै ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।