आरुघाटमा बेलिब्रिज जडान, गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियो
पुल सञ्चालनमा आएसँगै हाल मोटरसाइकलसहित सर्वसाधारणले आवतजावत गर्न सक्ने भएका छन् ।
गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको आरुघाटस्थित पक्की पुलमा बेलिब्रिज जडान गर्ने काम सकिएको छ । बेलिब्रिज जडानसँगै पुल सञ्चालनमा आएको छ ।
पुल सञ्चालनमा आएसँगै हाल मोटरसाइकलसहित सर्वसाधारणले आवतजावत गर्न सक्ने भएका छन् । बुधबारदेखि अन्य सवारीसाधन पनि सञ्चालन गर्न सकिने जनाइएको छ ।
बाढीले पुलमा क्षति पुर्याएपछि अवरुद्ध बनेको गोरखा र धादिङबीचको सडक सम्पर्क बेलिब्रिज जडानसँगै पुनः स्थापित भएको छ ।