बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको थियो । पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले यसै हप्ताभित्र पैदलयात्रुका लागि संचालनमा ल्याउने तयारी गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौं। काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र संचालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको छ । विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको थियो । पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले यसै हप्ताभित्र पैदलयात्रुका लागि संचालनमा ल्याउने तयारी गरिएको कार्यालयले जनाएको छ ।

उक्त पुल निर्माणका लागि २ करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।