सुन तोलामा ३ सयले बढ्यो, चाँदी ५० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सयले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

काठमाडौं । नेपाली बाजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सयले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि बुधबार चाँदी तोलाको ३ हजार ९८० मा कारोबार भएको थियो ।