सुन र चाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।