नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो साढे २ अर्ब

ब्याज खर्च र कर्जा नोक्सानी व्यवस्था घट्दा नाफामा उच्च वृद्धि, प्रतिसेयर आम्दानी ३३.८९ रुपैयाँ पुग्दा वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सहायक कम्पनीसहितको नबिल समूहको नाफा अझ बढी ६०.६ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ पुगेको छ। समूहमा नबिल बैंकसँगै नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलर समावेश छन् ।

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा साढे २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ थियो। यससँगै बैंकको नाफा एक वर्षमा ४५.४ प्रतिशतले बढेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सहायक कम्पनीसहितको नबिल समूहको नाफा अझ बढी ६०.६ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ पुगेको छ। समूहमा नबिल बैंकसँगै नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलर समावेश छन् ।

बैंकको नाफा वृद्धिमा ब्याज खर्चमा आएको कमी र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नु मुख्य कारण देखिएका छन्। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी भने १.९ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। तर, ब्याज खर्च १७.४ प्रतिशतले घटेर ४ अर्ब ८७ करोड रुपैयाँमा झरेपछि खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

बैंकको कोषको लागत गत वर्षको ४.१३ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा आएको छ। आधार दर पनि ५.५८ प्रतिशतबाट घटेर ४.४१ प्रतिशत कायम भएको छ। यद्यपि, ब्याजदर अन्तर (स्प्रेड) भने ३.५१ प्रतिशतबाट घटेर ३.१७ प्रतिशतमा झरेको छ ।

खुद शुल्क तथा कमिसन आम्दानी १५.१ प्रतिशत र खुद ट्रेडिङ आम्दानी ५५.३ प्रतिशतले बढेको छ। अन्य सञ्चालन आम्दानी भने ६२.६ प्रतिशतले घटेको छ। यसका बाबजुद बैंकको कुल सञ्चालन आम्दानी १६.४ प्रतिशतले बढेर ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकममा आएको ठूलो कमीले पनि महत्वपूर्ण भूमिका खेलेको छ । गत वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले यस वर्ष सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ मात्र छुट्याएको छ। यो गत वर्षको तुलनामा ७४.७ प्रतिशत कम हो ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपातमा पनि सामान्य सुधार देखिएको छ। कुल खराब कर्जा अनुपात ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा ०.९७ प्रतिशतबाट ०.६३ प्रतिशतमा आएको छ । खराब कर्जाविरुद्धको नोक्सानी व्यवस्था कभरेज भने १०८.७१ प्रतिशतबाट बढेर १२०.५६ प्रतिशत पुगेको छ ।

खर्चतर्फ कर्मचारी खर्च १३.७ प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा ४२.३ प्रतिशत र करअघिको नाफा ४७.९ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म बैंकको निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो गत असार मसान्तको तुलनामा ४.६ प्रतिशत बढी हो। सोही अवधिमा बैंकको ग्राहक कर्जा ३.४ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा–निक्षेप अनुपात ८०.०१ प्रतिशत रहेको छ । बैंकको कुल सम्पत्ति ५.६ प्रतिशतले बढेर ७ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । तर, लगानी भने ८.१ प्रतिशतले घटेर १ खर्ब १७ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य सुधार भएको छ । गत वर्षको पहिलो त्रैमासमा २५.४९ रुपैयाँ रहेको वार्षिक ईपीएस यस वर्ष बढेर ३३.८९ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २३३.९० रुपैयाँ रहेको छ ।

त्यस्तै, इक्विटीमा प्रतिफल (आरओई) १०.७० प्रतिशतबाट बढेर १३.९९ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) १.०५ प्रतिशतबाट बढेर १.३३ प्रतिशत पुगेको छ । तर, बैंकको पुँजीकोष अनुपातमा भने दबाब देखिएको छ। गत वर्ष १२.६७ प्रतिशत रहेको पुँजीकोष अनुपात घटेर ११.६७ प्रतिशतमा झरेको छ। मुख्य पुँजी (सीईटी–१) अनुपात पनि ९.५५ प्रतिशतबाट घटेर ८.३२ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा ५ प्रतिशत बोनस सेयर पुँजीकरण भएपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अग्राधिकार सेयरसमेत समावेश छ ।

बैंकसँग चालु त्रैमासको नाफाबाट राष्ट्र बैंकको नियमानुसार विभिन्न कोषमा रकम छुट्याएपछि १ अर्ब ३७ करोड ७ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफा समायोजन तथा बोनस सेयर र नगद लाभांश वितरणको हिसाबपछि कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २२.०८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको सेयर मूल्य अधिकतम ५८१ रुपैयाँ र न्यूनतम ५२५ रुपैयाँसम्म पुगेको थियो । त्रैमासको अन्तिम कारोबार मूल्य ५४७ रुपैयाँका आधारमा बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १६.१४ गुणा रहेको छ ।

बैंकले आर्थिक सुस्तता, खराब कर्जा व्यवस्थापन, कमजोर कर्जा माग, बजारमा अधिक तरलता, सरकारको न्यून पुँजीगत खर्च र बढ्दो साइबर सुरक्षा