एभरेष्ट बैंकको नाफा र सञ्चालन आम्दानी बढ्यो, ब्याज आम्दानीमा सामान्य गिरावट
यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा पनि सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ०.७४ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ०.५० प्रतिशतमा झरेको छ ।
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२२ प्रतिशत बढी हो । गत वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । गत वर्षको तुलनामा १.३५ प्रतिशतले कमी आई यस्तो आम्दानी २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । यता बैंकको सञ्चालन नाफा भने ६.१८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८७ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा कायम भएको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ७४ लाख ४५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ४९ करोड ४६ लाख ८३ हजार रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्म बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा पनि सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ०.७४ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ०.५० प्रतिशतमा झरेको छ ।