अष्ट्रेलियन डलरको भाउ बढ्दा क्यानेडियन र सिंगापुर डलर घट्यो, यस्तो छ आजको विनिमय दर

केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (कात्तिक १६) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६ पैसा छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा तोकिएको छ । यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा छ ।

कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८५ पैसा कायम भएको छ । बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

अन्य मुद्रातर्फ थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ३७ पैसा र ३७ रुपैयाँ ५२ पैसा तथा दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ ३७ पैसा र ११ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

त्यस्तै, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा, डेनिस क्रोनर एकको २२ रुपैयाँ ६४ पैसा र २२ रुपैयाँ ७३ पैसा तथा हङकङ डलर एकको १९ रुपैयाँ ३३ पैसा र १९ रुपैयाँ ४१ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटबाट हेर्न सकिनेछ ।