युनिलिभर नेपालको लाभांश घोषणा
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । लाभांश वितरणका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
यसअनुसार मंसिर ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र प्रस्तावित नगद लाभांश पाउन योग्य हुनेछन् ।