सुदूरपश्चिमको दोस्रो जित, चितवन पाँच विकेटले पराजित
जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दाेस्राे जित दर्ता गरेको छ । दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे ।
जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे ।
जसमा ब्रेनडन म्याक्लमले ४३ रन जाेडे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनायाे। जसमा रवी बाेपराले सर्वाधिक ४९ रन जाेडे । सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए । चारमध्ये सुदूरपश्चिमले दुई हार तथा दुई जितको नतिजा निकाल्दा चितवनले तीन खेलमा एक खेल जित्दा दुई खेलमा पराजय बेहोरेको छ ।