लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला सात सय रूपैयाँले बढेको सुनको भाउ आज भने तोलामा ६ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला तीन हजार ६ सय ७५ रूपैयाँमा किनबेच भएको चाँदी आज तोलामा तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले घटेको हो ।