शाओमीको पावर बैंक सुपर फास्ट र सर्वशुलभ भएको कम्पनीको दाबी
काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा भरपर्दा र टिकाउ पावर बैंक सर्वसुलभ र सरल मूल्यमा उपलब्ध भइरहेको जनाएको छ । कम्पनीले दैनिक जीवनशैलीका अंग बनेका फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटलाई बिक्री गर्दै आएको बताएको हो ।
विभिन्न रेन्जमा उपलब्ध शाओमीका ३,४९९ देखि ४,९९९ सम्मका पावर बैंक ग्राहकले खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
यो २२.५ वाट फास्ट चार्गिंग पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । यसमा यूएसबी–सी र यूएसबी–ए दुवै पोर्ट छन् । यसले टु वे चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ । १८ वाट चार्जरले ४ घन्टामै डिभाइसलाई पूरै चार्ज गर्छ ।
यसमा बिल्ट–इन केबल भएकाले अलग्गै चार्जिङ केबल चाहिँदैन । ४आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीन वटा डिभाइस चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
यदि धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २०००० एमएएच उपयुक्त हुनेछ। यसमा भएका सुरक्षा सुविधा अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्याहरू विरुद्ध १२ लेयर सुरक्षा दिने कम्पनीको दाबी छ । यस भित्रको लिथियम पोलिमर ब्याट्री सामान्यभन्दा बढी सुरक्षित र प्रभावकारी रहेको कम्पनीले ज नाएको छ ।
३३ वाट सोनीक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ र फिटनेस ट्रयाकर वाचजस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ । १२ लेयर सुरक्षा सुविधा र धेरै पोर्ट (टाइप सी इनपुट, ताइप सी आउटपुट र दुईवटा यूएसबी–ए आउटपुट) सहित यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घन्टा लाग्ने कम्पनीले जनाएको छ ।