प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


गत शुक्रबारको सुन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


आज दिन चाँदीको पनि मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला दुई हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला २ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।