मञ्जुश्री फाइनान्सको खिचापोखरी, न्युरोड शाखा कार्यालय स्थानान्तरण
काठमाडौं खिचापोखरी, न्युरोडमा रहेको मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा कार्यालय ग्राहक महानुभावहरूको सहजतालाई मध्यनजÞर गर्दै आइतबारदेखि हाल रहेको स्थानभन्दा करिब ५० मिटर उत्तरतर्फ स्थानान्तरण भई सेवा प्रवाह सुरु भएको छ । स्थानान्तरित शाखाको समुद्घाटन फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुमनप्रसाद अधिकारीबाट भएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखी शाखाको स्थानान्तरण गरिएको शाखाकी प्रबन्धक सञ्जीव श्रेष्ठले जानकारी गराउनुभयो ।
यस मञ्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंंकिङ सेवा उपलब्ध गराइरहेको छ ।