सेयर लगानीकर्ता अग्रवाल पक्राउ
काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई पक्राउ गरेको जनाइएको छ ।
उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो । उनलाई काठमाडौँको टोखाबाट अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।