२३ लाख ७० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत
काठमाडौं । देशभर २३ लाख ७० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये २३ लाख ७० हजार कृषक घरदुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।
६० वटा स्थानीय तहमा किसान प्रणालीमा सूचीकृत भएका हुन् । सूचीकरण भएका किसानमध्ये ७ लाख ६० हजार किसान भेरिफिकेशन भई सकेको मन्त्रालयले जनाएको छ ।
किसान सूचीकरण कार्यक्रममार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा, सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणालीमार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
विद्युतीय प्रणालीमा सूचीकरण भएका आधारमा कृषक परिवारलाई किसान परिचय पत्र वितरण गरिने मन्त्रालयले जनाएको छ ।