हनी ट्रयापमा पारेर १४ लाख असुलेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द पक्राउ परेकी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।

चन्दले एक युकलाई २०८१ को भदौमा सुर्खेतकै बुलबुले होटलमा बोलाई सम्बन्ध राखेको र त्यसैलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोप छ । बलात्कार मुद्दामा फसाउन भन्दै उनदे पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोप छ । उनीमाथि आपराधिक एक्सटर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।