सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीनै तहका सरकारमा रहेका सार्वजनिक व्यक्तिहरू कानुनी दायराभन्दा बाहिर नरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै कहीँ कतै आर्थिक विचलन देखिए कारबाही हुने बताए । उनले भने, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मानिसको फेसन हुने गर्छ । प्रधानमन्त्रीलाई लाञ्छना नलगाइन नहुने त्यता मानिसहले कहिले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर हल्ला गर्छन् । अहिले पनि छानबिन होस् भनेर कराउँछन् । त्यस्ता मानिसहरूपट्टि धेरै जान्न, चित्त पनि दुखाउँदिनँ, त्यो ह्याबिटको कुरा पनि हो ।’

गम्भीर प्रश्न उठेका खण्डमा कारबाही गर्ने भन्दै हल्ला चल्यो, कसैले फेसबुकमा स्ट्याटस लेखेको भरमा कारबाही नहुने उनले बताए । कतिपयले फेसनको रुपमा लाञ्छना लगाउने गरेको उनले बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताए ।