नवनिर्वाचित परिसंघ पदाधिकारीले पूर्वप्रधानमन्त्री देउवालाई भेटे
काठमाडौं । नेपाल उद्योग परिसंघ र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
परिसंघ नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको पदाधिकारीसँगको छलफलमा पूर्वप्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।
सो अवसरमा देउवाले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासका लागि जोड दिँदै आएको बताए ।
परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य परिसंघले लिएको बताए ।
यसैगरी अर्को छुट्टै अवसरमा नवनिर्वाचित नेपाल उद्योग परिसंघ पदाधिकारीहरुले मुख्य सचिव एकनारायण अर्यालसँग पनि भेटेर छलफल गरेका थिए । मुख्यसचिव अर्यालले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उद्योग र निजी क्षेत्रबिना अर्थतन्त्र अगाडि बढ्न नसक्ने बताए ।
थप तस्बिरहरू