जिप दुर्घटना हुँदा दुईको मृत्यु

धनगढी । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिमाली गाउँपालिका-५ को क्युडीको कुवाडी-क्युडी कच्ची सडक खण्डमा बाप्र.३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमा हिमाली गाउँपालिका-५ कै सुन्नीबाडा बस्ने ७५ वर्षीय बाजा रोकाया र ७५ वर्षकै निजोरा रोकामा रहेको प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेक जोराले बताए ।

उनका अनुसार जिप सडकबाट २ सय ५० मिटर खसेको छ ।