नेपाल उद्योग परिसंघ पदाधिकारीको परराष्ट्रमन्त्रीसँग छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुट्टै छलफल गरेको छ ।
परराष्ट्रमन्त्री राणासँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने बताए । उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको बताए ।
उनले देशगत विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तु प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगलाई प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिए ।
परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर बराबर पुर्याउने र दोहोेरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास समेत व्यक्त गरे ।