किसानका कुरा सुन्न प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै तराई मधेशमा लागेको सुक्ले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । उक्त स्थानमा गएको समयमा त्यहाँको वस्तुस्थिति हेर्ने र स्थानीय किसानहरूका कुरा पनि सुन्ने तयारी रहको ओलीले जनाएका छन् ।