आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आजको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।