सुनको मूल्य घट्यो
कठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको हो।
शुक्रबार सुन प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।