संसदीय दलको नेताबाट बहादुरसिंह लामालाई हटाउन अविश्वासको प्रस्ताव
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
अविश्वास प्रस्तावमा ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री लामाले नेतृत्व छाड्न नचाहँदा बानियाँ पक्षले अविश्वास प्रस्ताव लैजाने तयारी गरेका छन् ।
९ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । केहीबेरअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।