राष्ट्र बैंकले फेरी खिच्दै ५० अर्ब, तरलता बढेको बढ्यै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरी ५० अर्ब रूपैयाँ उठाउने भएको छ । बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २८ दिनका लागि रकम उठाउन लागेको हो ।
राष्ट्र बैंकले आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष अंकसम्म बोल आह्वान गर्न सकिने छ ।
आगामी भदौ ८ गते सावाँ तथा ब्याज भुक्तानी समय तोकिएको छ । ब्याज दरको बोलकबोल निक्षेप संकलनको बोलकबोल विधिअनुसार े हुनेछ भने बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक) मात्र सहभागी हुन पाउने छन् ।