पिपुल्स पावरको हकप्रद सयरमा आवेदन दिने म्याद थप

पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीको ५० प्रतिशत हकप्रद सयरमा अब साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हाल कायम १० कित्ता सयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १० सय रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।