नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले विशेष अफर ल्याएको छ। अगस्त ६ देखि १० तारिखसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा मेगा अफर’ ल्याउँदै छ ्र 

एक्स्पोमा टोयोटाको तीन मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्डक्रुजर २५५ प्रदर्शनमा राखिनेछन् । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले मेगा डिस्काउन्ट ‘प्ल्याटिनम कार्ड; का साथै एक्स्पोमा बुकिङ गरिएका सवारी साधनका लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउनुहुनेछ ।

स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुनेछ । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिङ गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुनेछ ।