रिभर फल्सको हकप्रद सेयर निष्कासनका लागि साउन २६ गते बुकक्लोज
रिभर फल्स पावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले साउन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।
यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ९ गते स्वीकृति दिएको थियो ।