नेपाल पुनर्बीमाले शत प्रतिशत हकप्रद शेयर विक्री गर्ने, पुँजी पुग्नेछ २७ अर्व
हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता २६ अर्व साढे ८४ करोड रुपैयाँ पुग्ने छ ।
नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । साउन १४ गते बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि मात्रै विक्री गर्न बाटो खुल्ने छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने योजना अघि सारेको हो । प्राधिकरणको २०८१ पुस २५ गते एक निर्देशन जारी गर्दै २०८२ माघभित्रै पूँजी वृद्धि गर्न भनेको थियो ।
प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एंव व्यवसाय विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिती बढाउन अर्थ मन्त्रालयको स्वीकृती लिएर शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले दावी गरेको छ ।
हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता २६ अर्व साढे ८४ करोड रुपैयाँ पुग्ने छ । हाल नेपाल रिको पुँजी १३ अर्व ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ ।
https://nepalstock.com/api/nots/application/fetchFiles?encryptedId=52da4210dbd618ae2ff7f530ab304f265d3d3634c3a982688ace419c4f37186d8bd98d9ac18c16a067b87032d187440476e6f8a655f6d8ed5d0e569318a48311