हिमालयन रि-इन्स्योरेन्समा अध्यक्षको जिम्मेवारी मिश्रलाई, ३ जना सञ्चालक थपिए
यस अघिका अध्यक्ष उदय कुमार निरौला २०८३ भदौ १० गते कम्पनीबाट बाहिरिएसँगै अध्यक्ष पद रिक्त थियो ।
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी दीपेन्द्रकुमार मिश्रले पाएका छन् । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले मिश्रलाई अध्यक्षमा नियुक्त गरेको हो ।
आगामी वार्षिक साधारण सभासम्मका लागि मिश्रलाई अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यस अघिका अध्यक्ष उदय कुमार निरौला २०८३ भदौ १० गते कम्पनीबाट बाहिरिएसँगै अध्यक्ष पद रिक्त थियो । यस्तै कम्पनीमा संस्थापक सेयरधनी नेपाल बैंकले होमबहादुर खड्का, हंसराज हुलासचन्द एण्ड कम्पनीले नितेश तोदी र कालिका फिनकर्पले पल्लव श्रेष्ठलाई सञ्चालकको रुपमा पठाएका छन् । कम्पनीमा सर्वसाधारणका तर्फबाट सागरप्रसाद मुल्मी र स्वतन्त्र विज्ञका रुपमा आशिषचन्द्र न्यौपाने सञ्चालक छन् ।