अल्ट्राभायोलेटको दशैं अफर: मोटरसाइकल खरिदमा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क
कम्पनीका अनुसार दशैं विशेष योजनामा ग्राहकका लागि इजी फाइनान्सिङको सुविधा समेत उपलब्ध गराइएको छ ।
काठमाडौं । प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले दशैंलाई लक्षित गर्दै नेपाली बजारमा विशेष अफर सार्वजनिक गरेको छ । नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले ल्याएको योजनाअन्तर्गत मोटरसाइकल खरिद गर्ने ग्राहकले निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार दशैं विशेष योजनामा ग्राहकका लागि इजी फाइनान्सिङको सुविधा समेत उपलब्ध गराइएको छ । यस योजनामार्फत ग्राहकलाई मोटरसाइकल खरिदसँगै अतिरिक्त सुविधा उपलब्ध गराउँदै खरिद प्रक्रियालाई सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले आफ्नो नयाँ क्रसओभर मोडल ‘एक्स४७’ नेपाली बजारमा सार्वजनिक गरेको थियो । नेपालमा एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
दशैं अफरअन्तर्गत अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्ने ग्राहकले हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क पाउनेछन् भने इजी फाइनान्सिङको सुविधासमेत लिन सक्नेछन् । कम्पनीले यो योजनाले प्रिमियम इलेक्ट्रिक मोटरसाइकलप्रति ग्राहकको आकर्षण बढाउने अपेक्षा गरेको छ ।
अल्ट्राभायोलेट एक्स४७ खरिद गर्न इच्छुक ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, फाइनान्सिङ सुविधा तथा मोटरसाइकलसम्बन्धी थप जानकारी लिन सक्नेछन् ।