अपि पावरले घोषणा गर्यो ५.२६ प्रतिशत लाभांश
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
अपिको आगामी वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेपश्चात लाभांश वितरण गरिनेछ ।